२०८३ मङ्सिर १० गते बुधवार

घोराहीमा फ्रि मिडिया नेटवर्कको छलफल

तुलसीपुर,असार ९ । घोराहीमा फ्रि मिडिया नेटवर्कको छलफल भएको छ ।

बिहिवार भएको छलफल कार्यक्रममा सरोकारवालाहरुले नागरिकलाई सुसूचित गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सही सूचना प्रवाहमा जिम्मेवार बन्नुपर्ने बताए ।

फ्रि मिडिया नेटर्वकका संयोजक दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसिएसन दाङका मणिराज आचार्य (मौसम)ले विषयबस्तुलाई बुझेर सकारात्मक ढंगले सुचना÷समाचार सम्प्रेशन गर्न पत्रकारलाई सुझाव दिए ।

त्यस्तै जिल्ला प्रसाशन कार्यालय दाङका टंक गौतमले पत्रकारले आफ्नो पेसाप्रति जिम्मेवार र मर्यादा भित्र रहेर स्थानिय स्तरमा हुने विषय बस्तुलाइ बाहिर ल्याउन जरुरी रहेको बताए ।


त्यस अवसरमा प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम,नागरिक समाजका केवी मसाल,दाङ उद्योग वाणिज्य सघंका नरेस कार्की, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुशिला पौडेल पत्रकारिताको माध्यमबाटै सबैलाई खबरदारी गर्ने भएकाले सत्य उजागर गर्न डराउन नहुने बताए ।

साथै उनीहरुले पछिल्लो समय कपिपेष्ट समाचारले बिकृति निम्ताएको भन्दै यस विषयमा सबैपक्ष गम्भिर बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *