२०८२ चैत्र २ गते सोमवार

सहकारीलाई कृषिजन्य वस्तु उत्पादनमा जोडौ ः नगरप्रमुख खडका

तुलसीपुर असार ९ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादनसंग जोडन आग्रह गरेका छन ।

बिजौरी साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको आफ्ना गतिविधि बारेमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई सहकारी माफ्त उत्पादनका कार्यमा अघि बढ्न आग्रह गरे ।

सहकारी संस्थाका अध्यक्ष चित्रा धितालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख खडकाले महिला सहकारीलाई अर्थोपार्जनको बाटोमा अघि बढे सहयोग गर्ने बताए ।

उपप्रमुख स्यानी चौधरीले सहकारी माफ्त समाजमा उत्पादन र बचतको संस्कृतिलाई अघि बढाउन सकिने बताइन । आर्थिक समितिका संयोजक माधव वलीले परम्परागत कृषि प्रणालीलाई आधुनीकीकरण गर्दै उत्पादनमा अघि बढे पालिकाबाट सहयोग गर्न सकिने बताए ।

कार्यक्रममा वडा नम्बर १९ का कार्यवाहक अध्यक्ष पूर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरुले बोलेका थिए ।

२०७२ सालदेखि सुरु भएको सहकारी संस्थामा साविक बिजौरी गाविसका एक सय ५२ वटा समूहका ६०३ तीन घरधुरीका सात सय ९० सदस्यहरु रहेका छन् । सहकारी संस्थाले पाँच करोड २३ लाख लगानी गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९मा २४ लाख ८३ हजार नाफा गरेको छ । कार्यक्रममा सहकारी संस्थाका सदस्य ज्वाला पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सुबोधराज रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *