२०८३ भाद्र २७ गते शनिवार

बिमला वली घटनाबारे पीडित र प्रहरीसंग जानकारी लिएर फर्कियो मन्त्री शर्मा नेतृत्वको टोली


तुलसीपुर , असार ९ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले तुलसीपुरमा आएर सरोकारवालाहरु संग छलफल पछि बिहीबार फर्किएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मासहितको टोली गत मंगलबार दाङको तुललसीपुर आएका थियो ।
घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन ।

उक्त टोली आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारी संग सोधपुछ तथा छलफल गरि फर्किएको मन्त्री शर्माले फरककोणलाई जानकारी दिए ।

यो टोलीले घटनाको बारेमा प्रहरी र पीडितको घरमै पुगेर सोधपुछ तथा जानकारी लिएको थियो ।
आँफुहरुलाई दिएको समय सीमा भित्रै सकभर प्रतिबेदन प्रदेश सरकारलाई बुझाउने मन्त्री शर्माले बताए । अबको हप्ता दिन भित्रमा प्रतिबेदन सार्वजनिक भइ सक्ने उनले जानकारी दिए ।
मन्त्री शर्मासहित नेतृत्वको छानविन कार्यदल बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर घटना बारे जानकारी लिएपछि पीडित मीना भण्डारी बस्नेतको घरमा पुगेको थियो ।
घटना भएको दिन घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रञ्जन स्वाँरले मन्त्रीसहितको टोली आएको र आँफुहरु पुग्दा घटनास्थल जस्तो थियो त्यही कुरा जानकारी दिएको बताए ।

राज्य मन्त्री वली माथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट र दुब्र्यबहार गर्नुका साथै लत्ताकपडा फाल्ने जस्ता हर्कतहरु गरेको घटना लगतै मीनाले बताएकी थिइन ।
राज्यमन्त्री वली उत्तरकुमार वलीकी श्रीमति हुन । उत्तर २०७४ सालमा नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए । २०७५ माघमा वलीले हाँकेको कारलाई लमही–घोराही सडक खण्डमा बसले ठक्कर दिएपछि गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा २०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाले उत्तरकी श्रीमति विमलालाई उम्मेदवार बनाएको थियो । उनी निर्वाचित भएपछि दल रोज्ने क्रममा नेकपा माओबादी केन्द्र रोजेकी थिइन ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *