२०८१ कार्तिक १८ गते आइतवार

जीप दुर्घटनामा मौसम कार्यालयका इञ्जिनियरको मृत्यु


दाङ, असार ८ । सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रूकुम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बुढाथोकी मौसम विज्ञान बिभाग बाँके कोहलपुरका इञ्जिनियर हुन ।

दैलेखबाट सुर्खेत तर्फ आउँदै गरेको बा १ झ ८७८४ नम्बरको सरकारी जीप बुधबार दिउँसो वीरेन्द्रनगर नगरपालिका –७ सडक खण्डमा ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको थियो ।

बुढाथोकीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *