२०८२ चैत्र १ गते आइतवार

रुकुम पश्चिममा पारिश्रमिक माग गर्दै रेडियो पत्रकार आन्दोलित

रुकुम पश्चिम, असार ८ । रुकुम पश्चिममा रेडियो पत्रकार आन्दोलित भएका छन् ।
एक बर्षदेखि परिश्रमिक नपाएपछि उनीहरु आन्दोलित भएका हुन ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८ दशमलब २ मेगाहर्जले बर्ष दिनसम्म काम गरेको पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारी आन्दोलित भएका हुन ।

उनीहरुले पारिश्रमिक बाफतको दश लाख रकम पाउन बाँकी रहेको बताएका छन् ।

पत्रकारहरु हिरा परियार, सत्यबहादुर बटाला, सुनिल बिक, प्रकाश गौतम, कल्पना बिक र सीता शाहीले काम गरेको पारिश्रमिक नपाएपछि आन्दोलन सुरु गर्नु परेको बताएका छन् ।

रेडियो सञ्चालन समितिका अध्यक्ष मानबहादुर चनाराले आँफुहरुले काम गरे बाफतको पारिश्रमिक माग्दा उल्टै धम्कि दिने गरेको पीडित पत्रकारको गुनासो रहेको छ ।

मंगलबार उनीहरुले पहिलो चरणको आन्दोलन अन्तरगत विरोध ¥याली निकालेका थिए ।

श्रमजीवि पत्रकार संघ र रेडियो नयाँ नेपाल संघर्ष समितिको संयुक्त आयोजनामा बिरोध ¥याली निकालिएको थियो ।

राडी बजारमा बिरोध ¥याली पछि आयोजित कोण सभालाई नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्दलगायतले सम्बोधन गर्दै पत्रकार र कर्मचारीलाई तुरुन्त पारिश्रमिक उपलब्ध गराउन माग गरेका थिए ।
असार ९ गतेसम्म पारिश्रमिक उपलब्ध नगराए थप आन्दोलनका कार्यक्रम सुरु गरिने भएको छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *