२०८३ भाद्र १३ गते शनिवार

होस्टेलमा मृत भेटिएकी १९ बर्षीया युबतिलाई सर्पले टोकेको आशंका

दाङ, असार ७ । रोल्पामा होस्टेलमा मृत अवस्थामा फेला परेकी १९ बर्षीया युबतिको मृत्यु सर्पदंशबाट भएको हुन सक्ने आशंका गरिएको छ ।
मंगलबार जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ५ छिन्नेटाकी १९ बर्षीया कृष्णी कामी मृत अवस्थामा फेला परेकी हुन ।
उनी रोल्पा नगरपालिका वडा नं. ४ मा घरेलु तथा साना उद्योग कार्यालयले संचालन गरेको ब्यूटी पार्लर तालिम लिइ रहेकी थिइन ।
कृष्णी सोही पार्लर सिक्ने कार्यालयको होस्टेल कोठामा मृत अवस्थामा फेला परेको र उनको शरिमा कतैपनि कुनै प्रकारको चोट पटक नरहेको बरु हातमा सर्पले डसेको जस्तो घाउ खत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।
कृष्णीको कोठामा एउटा सर्पपनि फेला परेको थियो ।

पोष्ट मार्टमको रिपोर्ट आउन बाँकी रहेको छ । साथै प्रहरीले काठमाडौंस्थित बिधि बिज्ञान प्रयोग सालामा भिसेरा परीक्षणका लागि समेत पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *