२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरको नीति तथा कार्यक्रम ः बिगतको झैं आश्वासनको पुलिन्दा मात्रै

नयाँ कुरा अन्तरगत ः मेडिकल, इञ्जिनियरिङ र प्राबिधिक शिक्षामा स्नातक अध्यन गर्ने एक ÷ एक जनालाई मासिक पाँच हजारका दरले उपलब्ध गराइने

तुलसीपुर, असार ७ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷२०८० का लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा समेटिएका अधिकाँस कुराहरु बिगतको भन्दा फरक छैनन् ।


यसपाली नगरप्रमुख टीकाराम खड्काले थपेको नयाँ कुरा मेडिकल, इञ्जिनियरिङ र प्राबिधिक शिक्षामा स्नातक अध्यन गर्ने नगर भित्रका एक ÷ एक जनालाई मासिक जनही पाँच हजारका दरले उपलब्ध गराउने कुरा थपेका छन् । त्यो पनि दलित छात्रा, अपाङ्गता भएका, सहिद परिवार तथा जनआन्दोलनका घाइते र अतिबिपन्न परिवारका बिद्यार्थीले मात्रै उक्त सुबिधा पाउने उल्लेख गरिएको छ ।


प्राबिधिक तर्फ कृषि, वन, पशु सेवा, कानुन र प्राबिधिक शिक्षा अध्यन गर्ने सामुदायिक बिद्यालयमा अध्यन गर्नेले मात्रै उक्त सुबिधा पाउने उल्लेख गरिएको छ ।

यो बाहेक नीति तथा कार्यक्रममा बिगतको भन्दा उल्लेख गर्न लायक खासै नयाँ कुराहरु समेटिएका छैनन् । नीति तथा कार्यक्रममा करको दायरा बढाउने रणनीति अपनाइएको छ ।


बिगतमा खर्च बढी र राजस्व कर कम उठँदा यो नगर झण्डै टाट पल्टिने अबस्थामा पुगेको थियो ।

तुलसीपुरले आगामि आर्थिक बर्षमा सक्षम कर प्रणालीको निर्माण, करका दायरा बिस्तार, कानून बमोजिम तोकिएका कर राजस्व रोयल्टी, बिक्रि तथा निकासी र राजस्व चुहावट नियन्त्रणलाई प्रभाबकारी बनाउने कुरामा जोड दिएको छ ।

करदाता बिबरण डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रत्येक करदाताको कर तिर्ने दायित्वलाई एकीकृत गरी सबैलाई करको दायरामा समेटने नीति लिइएको छ ।

नगरप्रमुख टिकाराम खड्काले राजस्व सुधार कार्यका लागि राजस्व सुधार कार्ययोजना लागु गर्ने नीति रहेको बताए ।

ब्यबसायिक गणना कार्य गर्ने र ब्यबसायिक तथा घरबहाल करलाई ब्यबस्थित गर्ने, ऐलानी जग्गामा अबस्थित रुपमा निर्माण गरिएका घर टहराको लगत संकलन गर्ने र बहाल बिटौरी करको दायरा फराकिलो पार्ने सडकमा परेका जग्गाको लगत कट्टी गर्ने, चोक चोकमा अस्थायी हाटबजार सञ्चालन गर्ने लगायतका निती लिइएको छ ।

त्यस्तै आर्थिक बिकासका लागि पहिलो प्राथमिकता कृषिलाई मान्दै एक वडा एक कृषि प्राबिधि र एक टोल एक कृषि समूह, उन्नत बिउको प्रयोगमा ५० प्रतिसत छुट दिइने भएको छ । त्यस्तै पशुपंछि नश्ल सुधार, माछापालन, र हरियो घाँसको बिकासमा ५० प्रतिसत अनुदान दिने निती लिएको छ ।

घुम्न जाँउ तुलसीपुर अभियानलाई निरन्तरता दिदै परम्परागत कला, संस्कृति र पर्यटनको संरक्षण र विकास कार्य गर्ने उल्लेख गरिएको छ ।

सामाजिक बिकासमा शिक्षामा मेट्रो कलेजमा लुम्बिनी बौद्ध बिश्वबिद्यालयको साझेदारीमा स्नातक र स्नातकोत्तर तहमा प्राबिधिक बिषयको पठनपाठन सुरुवात गर्ने,यस क्षेत्रका नेपाल संस्कृत बिश्वबिद्यालय, तुलसीपुर बहुप्राबिधिक शिक्षालय, राप्ती बबई क्याम्पस, जनता बिद्यापिठका साथै सबै बिद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्बाधार सुधार गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिक,सवै वस्ति तथा समुदायमा सहज पहँुच पु¥याउने उदेश्य लिइएको छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *