२०८२ बैशाख ११ गते बुधवार

कपुरकोटका सार्वजनिक सुनुवाई ः सर्वसाधारणले गरे सेवा प्रवाहमा बिभेद भएको गुणासो

सल्यान, असार ७ । कपुरकोट गाउँपालिकाको ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँवेसी सूचना केन्द्र सल्यानको सहजीकरणमा सुशासन प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा सर्वसाधारण नागरिकले कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका सेवाप्रति गुनासो गरेका थिए ।
सेवा सुविधा उपलब्ध गराउँदा भेदभाव गरिएको, प्रभावकारी सेवा प्रदान नगरेको, सूचना प्रवाह व्यवस्थित नभएको तथा पालिकाभित्रका बजारहरुको व्यवस्थापन गर्न नसकेको सर्वसाधारणले गुनासो व्यक्त गरेका हुन ।

नागरिकहरुको गुनासा सम्बोधन गर्न नियमित सार्वजनिक सुनुवाई नभएको, योजना कार्यान्वयन गर्दा विभिन्न समस्या झेल्नुपरेको, महिला, जेष्ठ नागरिक, वालवालिका लगाएत लक्षित वर्गका लागि प्रभावकारी कार्यक्रम सञ्चालन नभएको लगाएतका गुनासो सर्वसाधारणले ब्यक्त गरे ।

कार्यक्रममा प्रत्येक वडा कार्यालयका स्वास्थ्य, कृषि, पशु, पूर्वाधार विकासका क्षेत्रमा सञ्चालन भएका कार्यक्रम, प्रदान गरिने सेवा, सुविधाका बारेमा सुझाब मागिएको थियो ।

सर्वसाधारणका गुनासो सुनेर गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले विगतको कमजोरीहरु दोहोरिन नदिएर विश्वास दिलाए ।

उनले विकास निर्माण तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै सुशासनयुक्त गाउँपालिका निर्माणमा सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विगतका नकारात्मक क्रियाकलाप र कामलाई हटाउँदै अब उपलब्धिमूलक काम गर्ने आश्वासन बाँडे । उनले अवको पाँच वर्ष किसानको हितको लागि उपयोग गरिने भन्दै नयाँ आर्थिक वर्षदेखि एकीकृत किसान विकास कार्यक्रम लागु गरिने बताए ।


गाउँपालिकाकी यसअघिकी उपाध्यक्ष तिला बुढा मगरले नमुना गाउँपालिका बनाउन आफ्नो तर्फबाट सधै सकारात्मक भूमिका रहने बताइन् । प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले स्तरिय सार्वजनिक सेवाका लागि कर्मचारीलाई थप जिम्मेवार बनाइने बताए ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *