२०८३ मङ्सिर १० गते बुधवार

आठौं योग दिवस ः लमहीमा प्रभातफेरि र योग अभ्यास


लमही, असार ७ । दाङको लमहीमा आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रभातफेरी र योग अभ्यास गरिएको छ।
विद्यार्थी, शिक्षक, जनप्रतिनिधिलाई एकै साथ उपस्थित गाराएर लमही पतञ्जली योग नगर समितिले मंगलबार बिहान प्रभातफेरी र योग अभ्यास गरेको हो ।

त्यसक्रममा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले योगलाइ मानव जीवनसँग जोड्न जरुरी रहेको बताए । आनीबानी सुधारेर जो सतकर्ममा लाग्छ त्यही मानिस मात्रै जीवनमा सफल हुने उनले बताए ।

पतञ्जलि योग समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले लमहीमा योग गर्ने निश्चित ठाउँ बनाउन आवश्यक रहेको जोड दिए । ‘कहिले बाटो, कहिले चौरमा योग गर्नुपर्ने बाध्यता छ,’ उनले भनेका थिए ‘अब लमहीमा एउटा आधुनिक योगशाला चाहिएको छ ।’
पतञ्जलि योग मिडिया प्रभारी सहना श्रेष्ठले दाङमा योग अभ्यास केन्द्र सञ्चालनमा रहेपनि पूर्वाधार नहुँदा योग अभ्यास हुन नसकेको तर्क गरिन ।
त्यस्तै योगको माध्यमबाट समाज र परिवारलाई निरोगी बनाउन सकिने रोटरी क्लब अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले बताए।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *