२०८१ कार्तिक २३ गते शुक्रवार

इञ्जिनियर पवन योगीको समुहले मृगौला पीडितलाई दियो १ लाख २५ हजार सहयोग


तुलसीपुर, असार ७ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगी नेतृत्वको समुहले एक जना मृगौला पीडितको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरेको छ ।
मृगौला पीडित तुलसीपुर नगर विकास समितिका प्राबिधिक प्रकाश डाँगीको उपचारमा सहयोग पुगोस भनेर इञ्जिनियर योगी नेतृत्वको २५ जनाको समुहले एक लाख २५ हजार आर्थिक साहेता गरेको हो ।
योगी नेतृत्वको नमस्ते बचत समुहले काठमाडौंको मेडासिटी हस्पिटलमा उपचाररत डाँगीको उपचारमा सहयोग पुगोस भनेर आर्थिक साहेता उपलब्ध गराएको समुहका कोषाध्यक्ष जनक मल्लले जानकारी दिए ।
डाँगीको उपचारमा परिवारले ठूलो धन राषी खर्च गरि सकेको र अझैं उपचार जारी रहेको हुँदा मानविय नाताले सहयोग गरिएको समुहका अर्का एक सदस्य कृष्णबहादुर खड्काले बताए । उनका दुबै मृगौला फेर्नु पर्ने अबस्था रहेको चिकित्सकले बताएका छन ।
‘मानविय सेवा नै सबै भन्दा ठूलो धर्म हो,’ खड्काले भने ‘ कस्लाई कतिबेला के हुन्छ थाहाँ हुँदैन । त्यसैले बिपतको समयमा हामीले एक अर्कालाई सक्दो सहयोग गर्न जरुरी छ ।’
तुलसीपुर नगर विकास समितिका प्राबिधिक प्रकास डाँगी जस्ता सक्रिय युवाको जीवन रक्षाका लागि मानविय नाताले सबैले सक्दो सहयोग गर्न जरुरी रहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *