२०८३ भाद्र ३० गते मङ्गलवार

रुकुम पश्चिममा भिरबाट लडेर एक किशोरीको मृत्यु

रुकुम पश्चिम,असार ६ । रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेको उनको परिवारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *