२०८२ चैत्र १ गते आइतवार

दाङ महिला जेसिज सप्ताह ः घोराहीमा सरफ बनाउने तालिम सम्पन्न

घोराही,असार ५ । घोराहीमा सरफ बनाउने तालिम सम्पन्न भएको छ । दाङ महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आज आइतवार दोस्रो दिन उक्त तालिम सम्पन्न भएको हो ।

दाङ महिला जेसिजका अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष टंक सिहवुढाथोकीको प्रमुख आतिथ्यतामा तालिम भएको हो । त्यस अवसरमा कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि बुढाथोकीले निर्यात भन्दा आयातलाइ वढाउन उत्पादनलाइ जोड दिनुपर्ने बताउंदै यस्ता सिपमुलक तालिमले उद्यमी वनाउने र उत्पादनमा टेवा पुग्ने बताए ।

उनले सिपलाइ व्यवहारमा उतारेर महिलाहरु आर्थिक रुपले बलियो बन्न सके देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने बताए । उनले जिल्ला उद्योग वाणिज्य सघंले स्थानीय स्तरमा उत्पादन भएका उत्पादन तथा घरेलु वस्तुको बजारीकरणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले महिलाहरु आत्मनिर्भर बन्न स्वरोजगार बन्नुपर्ने बताइन । उनले महिला जेसिज खुल्ला विश्वविद्यालय भएको बताउदै यसले समाजका हरेक व्यक्तीहरुको नेतृत्व र व्यक्तित्व विकासमा मद्धद पु¥याउने विस्वास व्यक्त गरिन ।

कार्यक्रममा दाङ महिला जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतम, पुर्व अध्यक्ष माया पोख्रेल, त्रिभुवन नगर जेसिजका अध्यक्ष विवेक आचार्य, नेपाल महिला सामुदायीक सेवा केन्दका अध्यक्ष कल्पना न्यौपाने, प्रशिक्षक नारी सिप विकास समाजका अध्यक्ष विष्णु थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम मुल संयोजक जेशी बसन्ती सुवेदीले जेशीज सप्ताहका वारेमा जानकारी गराएकी थिइन भने जेशी निमा सुनारले आस्था पाठ गराएकी थिइन ।

महिला जेसिजका उपाध्यक्ष रोजीना गिरीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भन्डारीले गरेकी थिइन । साथै जेसिज सप्ताह अन्तरगत भोली सोमवार बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *