२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरमा झ्याप्प–झ्याप्प विद्युत सास्ती कहिलेसम्म ?

तुलसीपुर,असार ५ । विगत केही महिना देखिको विद्युत अनियमितताले तुलसीपुर क्षेत्रमा आम उपभोक्ताहरु मारमा परेका छन । दैनिक रुपमा झ्याप्प–झ्याप्प जाने र आउने बिजुलीले लो भोल्टेज हुँदा उपभोक्ताहरु मारमा परेका हुन ।

अनियमित रुपमा काटिने विद्युुतले सञ्चार माध्यम, उद्योग,कलकारखाना, बैकं तथा बित्तिय संस्था,साइबर,होटल व्यवसायीहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । विनाकारण अघोषित विद्युत काटिदा ल्याप्टप,कम्प्युटर,फ्रिज,पंखा जस्ता विद्युतिय सामाग्रीहरु बिग्रिएको उपभोक्ताहरु गुनासो छ ।

विद्युतमा देखिएको अनियमितले यहाँका सरकारी कार्यालयका कामकाजमा समेत समस्या देखिएको छ । जसबाट सरकारी कार्यालयबाट सेवा लिने सेवाग्राही प्रत्यक्ष मारमा छन् ।

तुलसीपुर उवासघंद्धारा ध्यानाकर्षण

विद्युत नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ । आईतबार कार्यालयमै पुगेर संघले ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद चालिसेले छिटो यो समस्या समाधान हुनुपर्ने बताए ।

त्यसका लागि संघले कर्मचारीदखि अन्य आबश्यक सहयोग गर्ने समेत बताए । विद्युत अनियमित हुँदा उद्योग धन्दा सञ्चालनमा समस्या रहेको छ । त्यस्त विद्युत, आउने जाने हुँदा मोटर,पंखा, फ्रिज,हिटर, कम्प्यूटर,ल्याप्टप, बल्ब, मोवाईल विग्रिने गरेको बताए ।

ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण विद्युत केन्द्र तुलसीपुरका प्रमुख ज्ञान प्रसाद फर्सालले विद्युतको यो समस्यामा आफू गम्भीर बनेको बताए । अहिले देशका बिभिन्न ठाउँमा चट्याङ्, हावाहुरीलगायतका समस्याले गर्दा विद्युत अनियमित हुने गरेको बताए । अन्य ठाउँमा समस्या हुँदा त्यसले तुलसीपुरलाई पनि असर गर्ने गरेको बताए ।

तुलसीपुरमा विद्युत भोल्टेजको समस्या भने नभएको पनि उनले बताए । बबईको च्याटिखोलामा १३२ केभि लाईन तुलसीपुर आएकाले भोल्टेजको पनि समस्या नभएको र विद्युत अभाब पनि नरहेको उनको भनाई छ ।

तुलसीपुरको कृषणमन्दिर र आँखा अस्पतालको विद्युतको समस्या हल गर्न दुई वटा ट्रान्सफर्मर जडानको काम अगाडी बढाउन लागिएको समेत बताए । त्यसका लागि एक करोड बजेट आएको उनले बताए ।

त्यस्तै मानपुर, विजौरी,एयरपोर्ट, फुलवारीको समस्या समाधानकालागि पनि बजेट ल्याउने प्रक्रिया अघि बढेको प्रमुख फर्सालले बताए ।

स्थानीयद्धारा तालाबन्दी

विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् ।

पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको स्थानीय युवा बसन्त गिरीले बताए ।

गिरीको नेतृत्वमा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालबन्दी गरिएको हो । आइतबार बिहान कार्यालयमा पुगेका स्थानीयले तालाबन्दी गरेपछि विद्युतका कर्मचारीसहित विद्युतका लागि ध्यानाकर्षणपत्र बुझाउन गएको उद्योग वाणिज्य संघको टोली पनि कार्यालयभित्रै थुनिएको थियो ।

विद्युत कार्यालयको चरम लापरबाहीका विरुद्ध तालाबन्दी गरिएको गिरीले बताए । आफुहरुको मागका विषयमा गम्भिर नहुँदासम्म तालाबन्दी जारी रहने चेतावनि दिइएको थियो । गिरीका अनुसार झण्डै ३ घण्टापछि कार्यालयमा लगाईएको ताला खोलिएको छ ।

कार्यालय प्रमुख ज्ञान बहादुर फर्सालले बिशेष सिस्टममा हुने प्राकृतिक,प्राबिधिक फल्ट तथा लाईन मर्मत गर्दा अबरुद्ध भएमा बाहेक अन्य समयमा नियमित सूचारु गर्ने लिखित प्रतिबद्धता जनाएसंगै ताला खोलिएको हो ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *