२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरका बलात्कार आरोपित कान्छी भनिने अर्जुन परियार पनि पक्राउ परे

तुलसीपुर, असार ५ । तुलसीपुरकी सुस्त मनस्थितिकी युवतीमाथि भएको सामूहिक बलात्कार काण्डका आरोपित मध्यका अर्का एक युवापनि पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेका २० वर्षीय कान्छी भनिने अर्जुन परियार रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनी घटनापछि फरार मध्य रहँदै आएका थिए । घटनाका आरोपित मध्य अझैं दोघरेकै २२ वर्षीय अर्का अर्जुन परियार फरार छन् ।


सामुहिक बलात्कार काण्डका आरोपित मध्य यसअघि नै तुलसीपुर– ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई प्रहरीले पक्राउ गरि सकेको थियो ।


दाङको तुलसीपुर – ५ की २५ वर्षीया एक सुस्त मनस्थितिकी युवती माथि असार २ गते राति ९ बजेतिर चार जनाले सामुहिक बलात्कार गरेको भन्दै परिवारले किटानी जाहेरी दिएका छन् ।


ती युवतीलाई कमल चौधरीले दोघरेस्थित एक निर्माणाधीन घरमा फकाई फकाई पु¥याएको प्रहरीले जानकारी दिएको छ ।
रातभर सामुहिक बलात्कार पछि बिहान ३ बजेतिर मात्रै उनीहरुले पीडित युवतीलाई छोडेका थिए ।

युवती घर पुगेपछि घर परिवारका सदस्यले घटनाबारे थाहाँ पाएका थिए । घटनाको दोस्रो दिन असार तीन गते पीडितले चार जना विरूद्ध जोहरी दिएकी थिइन ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *