दाङ, असार ५ । सल्यानमा जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । थप पाँच यात्रु घाइते भएका छन् ।
दुर्घटनाका घाइते मध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नं. ४ का ३२ बर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
उक्त दुर्घटनामा परि वनडाँड– ४ का ५७ बर्षीय मने बुढा, ६९ को सहदेव बुढा, ५० बर्षीय चित्रबहादुर बुढा, १० बर्षीया हरिमाया बुढाथोकी र १५ बर्षीय गोपाल बुढा रहेका छन् ।
घाइते सबैको उपचार सल्यानमा भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे ८ बजेतिर कुपेन्ड–४ को देउलीबाट डोक्चेतर्फ फर्किने क्रममा भे १ ज १०२१ नम्बरको जीप दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
चालक तथा जीपका मालिक स्थानीय उदय बुढा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।