२०८३ भाद्र १२ गते शुक्रवार

डुडुवामा विकास योजनाको अनुगमन

(बाँके) डुडुवा, असार ४ । डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन सुरु गरेको छ ।
गाउँपालिकाद्धारा निर्मित विभिन्न ठूला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

पालिकाले गरेका सबै भन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

अहिल आर्थिक वर्ष २०७८÷०७९ का योजनाहरुे निमार्ण भईरहेका छन । अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको बताए ।

गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।

त्यसक्रममा विकास निमार्णको गुणस्तरियता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराइएको थियो । यहाँ आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाँकी रहदा अहिले निमार्णको तीब्र रुपमा अघि बढेको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *