२०८२ असार ७ गते आइतवार

बाटो खन्दा तुलसीपुरको रक्षाचौरमा फेला परे एक कसौडी गाडेका चाँदीका शिक्का

तुलसीपुर, असार ४ । तुलसीपुरमा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौडी प्राचिन शिक्का फेला परेको छ ।

फेला परेका सबै शिक्का चाँदीका हुन । ती १८औं सताप्दिका शिक्का हुन । केही शिक्काहरु १८०६ सम्मको रहेका छन् । यी शिक्का (मुद्राहरु) झन्डै साढे दुई सय बर्ष भन्दा पुराना छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्रयाक खोल्ने क्रममा चेसिबीका अपरेटर (चालक) ले गाडेको अवस्थामा एक कसौडी प्राचिन शिक्का फेला पारेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ वटा शिक्का फेला परेको फरककोणलाई जानकारी दिए ।

जेसिबीका अपरेटर (चालक) तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मलवारका २५ बर्षीय सुवाशचन्द्र चौधरीले गत बुधबार दिउँसो खेतमा नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा गाडेको अवस्थामा ती शिक्का फेला पार्नु भएको थियो ।

रा १ क १००२५का चालक चौधरीले तुलसीपुर – ४ रक्षाचौरको खेतमा नयाँ ट्रयाक खन्ने क्रममा ती प्राचिन शिक्का गाडेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक शाहीले बताए ।

चौधरीले गाडेको अवस्थामा कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचिन शिक्का मध्य ७६ वटा भारतीय शिक्का छन् । ती शिक्का ब्रिटिस सरकारको पालामा शिक्काहरु हुन ।

त्यस्तै चार सय ६१ वटा श्री ३ लेखेका शिक्काहरु फेला परेका छन् । अपरेटर चालकले गाडेको अवस्थामा प्राचिन मुद्राहरु फेला पारेपछि श्री ३ लेखेको सात वटा शिक्काहरु घटनास्थलमै खसेको भेटेपछि जेसिबीका सहचालकले ती शिक्का राखेको अवस्थामा बरामद भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

फेला परेका सबै प्राचिन मुद्राहरु अपरेटर चालक चौधरीले आफ्नो घरमा लागेर राखेको भएपनि अर्का जेसिबी चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपनि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती शिक्काहरु घरमा लगेर धातुको कसौडी भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको बताए ।

यी सबै शिक्काहरु झन्डै साढे दुई सय बर्ष पहिलेका हुन । जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

जग्गा धनी भण्डारीले भने फेला परेको गाडेको धन सार्वजनिक काम बाटोमै लगाउनु पर्ने माग गरिन ।

उनले एक कसौडी भरी धन फेला परेको कुरा सुनेको भएपनि आज पिंधसम्म मात्रै गाडेको धन चौधरीको घरबाट बरामद भएको हुँदा थप अनुसन्धान गरि सत्य तथ्य कुरा सार्वजनिक गर्न माग पनि गरिन ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *