२०८२ मङ्सिर २८ गते आइतवार

तुलसीपुरमा युवा संञ्जालद्धारा रक्तदान

तुलसीपुर,असार ४ । नगरस्तरिय युवा संञ्जाल तुलसीपुरले रक्तदान कार्यक्रम गरेको छ । सञ्जालले शनिवार तुलसीपुर स्थित रक्त सञ्चार केन्द्रमा एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम गरेको हो ।

त्यस अवसरमा ३५ जनाले रक्तदान गरेका छन । युवाहरुले सामाजिक तथा सृजनशिल काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संञ्जालले बताएको छ ।

नगर स्तरीय युवा संजालका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मेयर खड्काले समाज र राष्ट निमार्णका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने भन्दै आगामी दिनहरुमा पनि उदाहरणीय काम गरेर देखाउन आग्रह गरे ।

त्यसअवसरमा नगर प्रवक्ता माधव वली, कार्यपालिका सदस्यहरु लक्ष्मण विश्वकर्मा, मोहन विक, तुलसीपुर ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामीछाने, तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, स्वास्थ्यकर्मी दोर्ण वली लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण युवा संजालका सचिव प्रेरणा परियारले गरेकी थिइन ।

साथै त्यस अवसरमा राप्ती प्रादेशिक अस्पतालमा रहेका ४५ जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *