२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरमा सुस्त मनस्थितिकी किशोरीमाथि सामुहिक बलात्कार

दोघरेका कमल चौधरी र शंकर बिक पक्राउ, दुई अर्जुन परियार फरार

तुलसीपुर, असार ४ । दाङको तुलसीपुरमा एक सुस्त मनस्थितिकी युबतीमाथि सामुहिक बलात्कार भएको। छ ।

तुलसीपुर उपमहनगरपालिका वडा नं.५ की २५ बर्षीया ती युवतिमाथि असार २ गते राति ९ बजेतिर तुलसीपुर – ९ दोघरेस्थित एक निर्माणाधिन नयाँ घरमा चार जनाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फरककोणलाई बताए ।

आरोपित मध्य तुलसीपुर ९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका छन् ।

एसपी काफ्लेले फरार रहेका तुलसीपुुर ९ दोघरेकै २० बर्षीय अर्जुन परियार र २२ बर्षीय अर्जुन परियारको खोजी तीब्र पारिएको जानकारी दिए ।

एसपी काफ्लेका अनुसार पीडित परिवर्तित नाम राप्ती १५ लाई ललाई फकाई कमल चौधरीले घोघरेस्थित निर्माणाधिन नयाँ घरमा बोलाएका थिए ।

पीडित राप्ती १५ राति घर फर्किए पछि आफन्तले उनीमाथि भएको सामुहिक बलात्कारको घटनाबारे प्रहरीलाई सूचना दिएका थिए ।

पीडितको तर्फबाट आफन्तले चार जना बिरुद्ध इलाका प्रहरी कार्यालयमा पुगेर शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई खोजी गर्ने क्रममा कमल चौधरी र शंकर बिकलाई शुक्रबार पक्राउ गरेको थियो ।

सुस्त मनस्थितिकी युबतिमाथि सामुहिक बलात्कारमा संलग्न सबैका बिरुद्ध सामुहिक बलात्कार अभियोगमा मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *