२०८३ भाद्र ११ गते बिहिवार

रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा,असार ४ । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधर रहेका छन् ।

शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए ।

उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।

पौवामा बालबालिका र वयस्कका लागि अलग-अलग स्विमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।

सिद्धार्थनगर नगर पालिकाको स्वामित्वमा रहेको होटल पौवा अवस्थित जग्गा शुभ ओम ईन्भेष्टमेन्ट कम्पनी प्रालीले लिजमा लिई बाल उद्यान सञ्चालन स्विकृति पाएको छ ।

बाल उद्यान गर्ने सञ्चालन गर्ने अनुमति पाएको कम्पनीले उक्त स्थानमा मदिरा सहितको होटल सञ्चालन गरि रहेको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *