२०८२ चैत्र २७ गते शुक्रवार

कांग्रेसद्धारा विद्युत प्राधिकरण घोराही प्रमुखलाई लालटिन उपहार

दाङ,असार ३ । नेपाली काङ्ग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाका प्रमुखलाई लालटिन उपहार दिएको छ ।

यस अघि पनि अघोषित लोडसेडिङका कारण देखिएका समस्या सम्बोधन गर्न र विद्युत आपूर्तिमा सहजता ल्याउन घोराही नगर काङ्ग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाको ध्यानाकर्षण गराएको थियो ।

आज पनि घोराही नगर काङ्ग्रेसले एक ध्यानाकर्षण पत्रसहित विद्युत कार्यालयमा डेलिगेसन पुगेको हो । पुनः डेलिगेसन गएको काङ्ग्रेस नगर समितिले अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न आग्रह गर्दै लालटिन उपहार दिएको हो ।

डेलिगेसन पुगेको समुहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणी बिकलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न सुझाएका थिए ।

डेलिगेसनमा नेपाली काङ्ग्रेसका क्षेत्र नं.२ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, प्रदेश २ ९क० का सभापति प्रकाश श्रेष्ठ , नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी,दाङ उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरा, ऋषि पोख्रेल, सुरज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *