२०८२ चैत्र २ गते सोमवार

देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु

दाङ,असार ३ । दाङको देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

राप्ती राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा निवासी ४५ वर्षीय मोहन चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । धानखेतीमा सिचाई गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

शुक्रबार बिहान घर नजिकै रहेको धानखेतमा सिचाईका लागि घरमा जोडेको बिजुलीको तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

करेन्ट लागेर गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पु¥याए लगत्तै अस्पतालका चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *