२०८१ कार्तिक २३ गते शुक्रवार

सल्यानकी भण्डारी बैंकिङ कसुर मुद्दामा पक्राउ

दाङ, असार ३ । सल्यानकी बैंकिङ कसुर मुद्दाकी एक फरार प्रतिबादी महिला पक्राउ परेकी छिन् ।
जिल्लाको शारदा नगरपालिका वडा नं.१ की सशीला शाही भण्डारीलाई प्रहरीले असार १ गते घरबाटै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले २०७८ साल कात्तिक १७ गते भण्डारीलाई तीन लाख ९३ हजार एक सय दूई रुपैंया दण्ड र पाँच दिन कैदको फैसला सुनाएको थियो । त्यसयता भण्डारी फरार रहँदै आएकी थिइन ।


तर, पछिल्लो समय भण्डारी घरमै लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायब निरीक्षक यामबहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


पक्राउ पछि बिहीबार जिल्ला अदालतमा उपस्थिति गराइएकोमा अदालतको आदेशले भण्डारीलाई तोकिएको कैद भुक्तानीका लागि जिल्ला कारागार सल्यानमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *