तस्विर ः फरककोण ।
दाङ, असार ३ । यौन दुर्व्यवहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका केन्द्रीय महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् ।
६ वर्ष पहिले संघको चुनावका क्रममा एक महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहारको गरेको आरोप उनी माथि लागेको छ । एक पत्रकारले संघले पुरस्कृत गर्न खोजेपछि आफ्नो फेसबुक पेजमा स्ट्याटस लेखेर आँफुलाई दुब्र्यबहार गर्नेहरु संघको पदाधिकारी रहेको भन्दै पुरस्कार नलिने घोषणा गरेकी थिइन ।
त्यसपछि संघले छानबिन समिति बनाएको थियो । यौन दुव्र्यवहारको आरोप पछि बलामीले अनुसन्धानमा सजिलो होस भनेर आँफुले पदबाट राजीनामा दिएको बताएका छन् ।
संघका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो।