तुलसीपुर,असार २ । दाङमा पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने भएको छ ।
बिहीबार ८० हजार लिटर पेट्रोल आपूर्ति भएसगै अब केही मात्रमा भएपनि पेट्रोलियम पदार्थको आपुर्ति सहज भएको नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्यप्रसाद आचार्यका अनुसार दाङमा बिहिवार दिउंसो मात्र ८० हजार लिटर पेट्रोल आएको हो ।
त्यस मध्य तुलसीपुरको घोराही रोडमा रहेको राप्तीमा ८ हजार, अस्वाराको देउवामा ४ हजार, दोघरेको भ्यालीमा ४ हजार, जसपुरको अभयमा ४ हजार , तुलसीपुरको संजातमा ४ हजार, सल्यान रोडमा रहेको हाम्रो पहुँचमा ८ हजार र मोतिपुरको सुर्यमा ४ हजार पेट्रोल झरेको छ ।
त्यस्तै दुधरासको उषासंगममा ४ हजार, कपाँसीबगीया र रतनपुरको क्रिजल ४ हजार, न्याहामा ४ हजार, घोराहीको डिकेमा ८ हजार, के एफएममा ४ हजार, अरुनोदयमा ८ हजार, रोल्पा जाने सडकको बह्राक्षेत्रमा ४ हजार र भैंसाहीको बबीमा ८ हजार लिटर पेट्रोल झरेको छ ।
भारतीय सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवयर इन्डियन आयल कर्पोरेसनको इम्पोर्ट र एक्सपोर्ट कोड व्याङक एकाउन्ट लिङ्क गर्नुपर्ने भन्दै निर्यातमा तीनदिन बन्द गरेपछि यसको असर नेपालमा देखिएको सुचना अधिकारी आचार्यले जानकारी दिए ।
भारतले नेपाल सहित अन्य मुलुमा निर्यात हुने पेट्रोललियम पदार्थमा जेठ २९ देखि ३१ गतेसम्म बन्द गरेको थियो ।