दाङ, असार २ । बाँकेमा गाइ काटेको अभियोगमा एक जना फक्राउ परेका छन् । थप दुई जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. १६ का ३५ बर्षीय मोहमद अमिन जलाहा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए ।
पक्राउ परेका जलाहालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले समय दिएको छ ।
बिहीबार राति साढे ११ बजेतिर गाइ कोटेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले जलाहलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
रातिको समय भएको हुँदा थप दुई जना भने भाग्न सफल भएको र उनीहरुको खोजी कार्य जारी रहेको पनि प्रहरी निरीक्षक पालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार