दाङ,असार १ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी छन् ।
वलीलाई उच्च रक्तचाप र सुगरको लेबल बढेर अस्पताल भर्ना गरिएको बताइएको छ ।
उनको अस्पतालको क्याबिन नम्बर १ मा भर्ना गरि उपचार भईरहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।
‘प्रेसर हाई र सुगर लेबल बढेको अवस्थामा अस्पताल आउनुभएको थियो ।’ उनले भने, ‘बेहोस भएर अस्पताल आउनु भएको थियो, सुगर र प्रेसर हाई देखिएकाले भर्ना गरिएको हो ।’
प्रकाशित मिति : २०७९ असार १ गते बुधवार