२०८२ बैशाख ११ गते बुधवार

शारदा नगरपालिकाले नागरिकताको सिफारिस शुल्क नलिने

सल्यान,असार १ । सल्यानको शारदा नगरपालिकाले नागरिकताको सिफारिस शुल्क नलिने भएको छ ।

हालैसम्पन्न नगर कार्यपालिकाको निर्णय वमोजिम नगरपालिकाका १५ वटैहरुमा लागु हुने गरि नागरिकता सिफारिसको शुल्क नलिने जनाएको छ ।

यसअघि नगरपालिकाले नागरिकता सिफारिसमा लिदै आएको कर अबदेखि नलिने भएको हो ।

आज असार १ गते देखि लागू हुने गरि नागरिकता सिफारिसको लागि लिदै आएको शुल्क नलिने नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

नागरिकता पाउनु नागरिकको नैसर्गिक अधिकार हो, हाम्रो नगरवासी गरिव छन्, नागरिकताको सिफारिस दस्तुर पनि बढी नै थियो उनले भने,हामी सेवामुखी भएर अघि बढेका छन्, नागरिकलाई मर्का पर्ने काम हामी गर्दैनौँ, सोहीअनुसार नागरिकता सिफारिसको दस्तुर नलिने निर्णय गरेका हौँ ।

यसअघि नगरपालिकाले मुचुल्का बाफतको ३ सय र सिफारिस बाफत एक सय गरेर नागरिकता सिफारिसमा प्रतिव्यक्ति ४ सय रुपैँया लिदैँ आएको थियो ।

नागरिकता सिफारिसमा लाग्दै आएको दस्तुर नलिदा नगरपालिकाको आन्तरिक राजस्व घट्ला नि भन्ने प्रश्नको जवाफ दिदैँ नगरप्रमुख भण्डारीले भने,हो, केही हद सम्म नगरपालिकाको राजस्वमा कमी आउँछ, तर हाम्रो लक्ष्य नागरिकलाई सहजता प्रदान गर्नु मुख्य भएकाले सिफारिस कर हटाएका छौँ ।

नयाँ जनप्रतिनिधि आएपछि यस नगरपालिकाले नगरका सबै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *