२०८१ मङ्सिर २४ गते सोमवार

बलात्कारको अभियोगमा त्रिवेणी ६ का वडा सदस्य पक्राउ

रोल्पा,असार १ । किशोरी बलात्कारको अभियोगमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मोहन केसीलाइ प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको माडी १ की एक किशोरीलाइ करणी गरेको भन्ने सूचना स्थानीय दिएपछि पक्राउ गरिएको हो ।

केसीलाई अनुसन्धानको लागि सोमबार राती पक्राउ गरेको इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

केसी गएको स्थानीय तहको चुनावमा त्रिवेणी ६ को वडा सदस्यमा नेपाली कंग्रेसको तर्फबाट चुनाव जितेका थिए ।

वडा सदस्य केसीलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *