२०८१ मङ्सिर २४ गते सोमवार

बिमला खत्री वलीले एकराजको घर भित्रै पसेर उनकी पत्नि र छोरी कुटिन

तुलसीपुर, जेठ ३१ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीले एकराज बस्नेतको तुलसीपुरस्थित घर भित्रै पसेर बस्नेतकी श्रीमति र छोरीमाथि कुटपिट गरेकी छिन ।

मंगलबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क आलुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर उनले मिना भण्डारी बस्नेत र उनकी तीन बर्षीया छोरीमाथि कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

मन्त्री आँफै अर्काको घर भित्र घुसेर महिला र नाबालिका छोरीमाथि कुटपिट गरेपछि यतिखेर घटनास्थलमा प्रहरी ठूलो मात्रामा परिचालन गरिएको छ ।
आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगेको छ । यो खबर तयार पार्दासम्म बिमला इप्रका तुलसीपुरमै छिन ।
पीडित मिनाका अनुसार बिमलाले मेरो श्रीमान एकराज खै भन्दै घर भित्र प्रबेश गरि दराज खोलेर सबै कपडा समेत फालिदिएकी थिइन ।

बिमलाले श्रीमान तथा तत्कालिन प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि मृत्यु भएपछि उपनिर्वाचिनमा नेकपा एमालेबाट निर्वाचित भएपनि पछि नेकपा माओबादी रोजेकी थिइन ।
केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसंग बाहिरीएको थियो ।
राज्यमन्त्री वली नै अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *