कैलाली, जेठ ३० । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा बिचाराधिन रहेका कारण
निलम्बनमा परेका थिए ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्वाचन आयोगले पत्र पठाउँदै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो ।
उपाध्यायविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
स्रोतका अनुसार उपाध्यायले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा पनि मताधिकार प्रयोग गर्न पाउने छैनन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार