२०८१ बैशाख ८ गते शनिवार

राष्ट्रिय बक्सिङमा दाङकी सुशीलालाई दोस्रो स्थान

लिलाधर वली, 
दाङ,२६ माघ । वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा प्रदेश नम्बर ५ दाङकी खेलाडी सुशीला थापा दोस्रो भएकी छन् । ४८ केजी तौल समूह अन्तर्गतको शुक्रवार काठमाडौँमा भएको फाइनल खेलमा नेपाल पुलिसकी दिवाना शेर्मासँग प्रतिष्पर्धा गरेकी थिइन ।

७ प्रदेशसहित तीन विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र पुलिसका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा दाङकी थापा दोस्रो स्थापन प्राप्त गर्न सफल भएको प्रशिक्षक हरिबहादुर सुनारले जानकारी दिए । थापाले घोराहीमा रहेको अल्फा स्पोर्ट टे«निङ सेन्टरकी खेलाडी हुन् । दोश्रो स्थान प्राप्त गरेकी थापाले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

त्यस्तै पुरुष ८१ केजी तौल समुहको खेलमा केशर खत्रीले फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा प्रदेश नम्बर ४ का खेलाडीका सुशन पुनलाई सेमिफाइनलमा पराजित गर्दै प्रदेश नम्बर ५ को नेतृत्व गरेका केशरले फाइनलमा पुगेका हुन् ।

त्यस्तै गणेश थापा तेस्रो स्थान प्राप्त गरेका छन् । उनले नगद सात हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिता वीर गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको थियो । त्यस्तै ६० केजी तौल समूहमा रुपन्देहीकी संगीता दंगाल तेस्रो स्थान प्राप्त गरेकी छन् । उनले पनि नगद सात हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । प्रदेशको टिम कोचको रुपमा राजु थापा, हरिबहादुर सुनार, गोपाल श्रेष्ठ रहेका थिए । प्रतियोगितामा १२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा महिला ४ र पुरुष ८ जना खेलाडीहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *