२०८१ मङ्सिर १७ गते सोमवार

जाजरकोटमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु,घाइतेको हेलिकप्टरबाट उद्धार हुँदै

जाजरकोट,जेठ २७ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *