दाङ, जेठ २६ । हालसालै कक्षा १२ को परीक्षा सकेका दूई किशोरको एकै साथ राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
नेपालगन्जस्थित धम्बोझी माध्यामिक विद्यालयमा अध्यनरत दुई जना १८ बर्षीय किशोरको शब बिहीबार बिहान डुरुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती नदीमा फेला परेको हो ।
मृत्यु हुनेमा हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल अध्यनको शिलशिलामा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ धम्बोझीमा कोठा भाडामा बस्दै आएका १८ बर्षीय त्रिबल शाही र १८ कै लेकराज छन्त्याल रहेका छन् ।
उनीहरु बुधबार बेलुका आँफु बस्ने टोलकै एक मानिसको मृत्यु भएपछि मलामी गएका थिए । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले र मलामी गएका उनीहरु चोखीनिधिका लागि भन्दै नुहाउन भनेर राप्ती नदीमा पसेको र त्यही क्रममा डुबेर मृत्यु भएको जानकारी दिए ।
बेपत्ता उनीहरुको बुधबार बेलुकी खोजी भएपनि फेला पर्न सकेका थिएनन् । बिहीबार बिहान फेरि खोजी गर्ने क्रममा दुबै जनाको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।