२०८१ मङ्सिर २७ गते बिहिवार

बर्दियामा प्रहरीको गोली लागि मृत्यु भएकी नबिना थारुका परिवारलाई २० लाख क्षपिपुर्ती दिने सहमति

दाङ, जेठ २५ । बर्दियाको मधुवनका आन्दोलनरत स्थानीय सर्वसाधारण र स्थानीय प्रहरी प्रशासनका बीचमा सहमति कायम भएको छ ।

सहमति कायम भएसंगै तीनदेखि अशान्त बनेको बर्दिया बेलुकादेखि शान्त बनेको छ ।

जेठ २३ गते पर्दशनले उग्ररुप लिएपछि त्यसलाई रोक्न प्रयास स्वरुप प्रहरीले चलाएको गोली लागेर मृत्यु भएकी मधुवन नगरपालिका वडा नं. २ की १८ बर्षीया नबिना थारुको मृत्यु भएपछि स्थानीयले आन्दोलन थप चर्काउँदै लगेका थिए ।

सहमति पछि मृतकको शब पोष्ट मार्टम गर्ने र आफन्तले बुझेर लैजाने सहमति भएको छ ।

पटक÷ पटक मानिसमाथि आक्रमणका घटना बढेपछि बाघ नियन्त्रणको माग गर्दै स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका बखत सडक खण्ड खुलाउन प्रयास गर्दा प्रहरी र स्थानीयका बीचमा झडप भएको थियो ।

त्यही क्रममा प्रहरीले अश्रग्यास हान्नुका साथै गोलीसमेत चलाएको थियो ।

स्थानीय र प्रहरी प्रशासनका बीचमा भएको सहमति अनुसार घटनास्थल ओराली बजार क्षेत्रमा नबिनाको शालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, उनलाई सहिद घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने, गृहमन्त्रालयलाई क्षतिपूर्ती बाफत २० लाख उपलब्ध गराउन अनुरोध गर्ने, स्थानीय सरकार अर्थात मधुवन नगरपालिकाले एक लाख रुपैंया प्रदान गर्ने जस्ता आठ बुँदे सहमति भएको छ ।

त्यस्तै प्रहरीको गोली लागि घाइते भएका मधुवन नगरपालिका वडा नं. २ सोनाहका २२ बर्षीय राकेशकुमार थारुको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्नका लागि सरकारलाई आग्रह गर्ने सहमति भएको छ । घाइते थारुको नेपालगञ्ज नरसिंङ होममा उपचार जारी छ ।

उनी उपचार पछिपनि शारिरीक रुपमा अपाङ्ग हुन गएमा सरकारको तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गरिदिन सरकारलाई आग्रह गर्ने समझदारी भएको छ ।

त्यस्तै जेठ २३ गते बाघको आक्रमण बाट घाइते भएकी ४१ बर्षीया अस्मिता थारुको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, बाघको आक्रमणबाट जेठ १० गते मृत्यु भएकी ५४ बर्षीया कौसीदेबी पालको परिवारको लागि जनता आवास कार्यक्रम अन्तरगत आवशको ब्यबसथापन गरिदिन सरकारलाई आग्रह गर्ने सहमति भएको छ ।

मधुवन नगरपालिका वडा नं. १ मध्यबर्ती क्षेत्र, वडा नं. २, ३ , ४ र ५ खाता जैबिक मार्ग क्षेत्रमा बाघ र मानब बीचको द्धन्द न्यूनिकरण गर्न तथा मानव बस्ति सुरक्षित गर्न २० किलोमिटर सम्मको दुरीमा तारबार गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *