२०८१ मङ्सिर २७ गते बिहिवार

जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

दाङ,जेठ २५ । दाङ जिल्ला समन्वय समितिको जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज बुधवार उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।

नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी नै छ ।

समितिमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका थिए ।

समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको थियो । शर्मा समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका थिए ।

उप प्रमुखमा नेपाली काङ्ग्रेसका तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको थियो । चौधरी उप प्रमुखमा निर्विरोध निर्वाचित भएकी हुन् । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यस्तै सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य ), हरिदेवी पोख्रेल (महिला सदस्य ), सरस्वती नेपाली (दलित महिला सदस्य ), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य ) रहेका थिए । सबै उम्मेदवार सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ , महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका थिए । दुबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

चौधरीले स्थानीय तहको निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् । द्रुपति चौधरी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

यस्तो बन्ने भयो समन्वय समित
नित्यानन्द शर्मा -प्रमुख
चेतना चौधरी – उप प्रमुख
हरिदेवी पोख्रेल -महिला सदस्य
जुनकुमारी बुढा -महिला सदस्य
कल्पना शेर्पाइली -महिला सदस्य
सरस्वती नेपाली – दलित महिला सदस्य
कुलबहादुर बुढा – खुला सदस्य
टोपाराम चौधरी – खुला सदस्य
द्रुपती चौधरी – खुला सदस्य

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *