२०८१ मङ्सिर २९ गते शनिवार

रुपन्देहीमा बस दुर्घटना ः नौ जनाको मृत्यु, २३ घाइते


बुटवल, जेठ २२ । रुपन्देहीको रोहिणी खोलामा एक यात्रुबहाक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । थप २३ यात्रु घाइते भएका छन् ।
भैरहवा–परासी सडक खण्ड अन्तर्गत लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलोका पुलको बारा भाँचेर खोलामा खसेको छ । दुर्घटनामा परि आठ पुरुष र एक महिलाको मृत्यु भएको छ ।
उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जनकपुरबाट भैरहवाका लागि छुटेको उक्त बस आइतबार बिहान साढे ४ बजेतिर खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *