तुलसीपुर,जेठ २१ । माल बिजौरी टोलविकास संस्थाको अध्यक्षमा बिदुर गौतम चयन भएका छन । शनिवार सम्पन्न संस्थाको प्रथम अधिवेशन तथा साधारण सभाले गौतमलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा देवा गौतम,सचिवमा माधव बस्नेत,कोषाध्यक्षमा नविना केसी वलि चयन भएका छन ।
टोलविकास संस्थाका अध्यक्ष कमानसिङ खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष माधव वलिले टोल विकास संस्था बलियो भएमा मात्र सिंगो वडा बलियो बन्ने भन्दै टोल संस्थासगं सहकार्य गरेर विकास निमार्णका कामहरु गर्ने बताए ।
त्यस अवसरमा नेकपा एमाले तुलसीपुर १८ का अध्यक्ष मुकेश वलि,बिजौरी उद्योग वाणिज्य सघंका सदस्य रेश्मीराज खड्का,समाजसेवी एवं स्वास्थ्यकर्मी डिल्ली केसी,शिक्षक बिश्वमणी देवकोटा लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सदस्य टिकाराम पौडेलले धन्यावाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिव बिदुर गौतमले गरेका थिए ।