२०८१ असार ७ गते बिहिवार

‘रित्तो कोठामा,सुझाव संकलन’

तुलसीपुर,जेठ २० । शुक्रवार तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसगं सुझाव संकलन कार्यक्रम ग¥यो । बिहिवार बेलुका नै निति तथा कार्यक्रमको वारेमा सुझाव संकलन हुने भनि उपस्थितीका लागि म्यासेज आएको थियो ।

शुक्रवार बिहान ११ बजे हुने भनिएको कार्यक्रम सवा १ घण्टा पछि सुरु भयो । कार्यक्रम हलमा पुग्दा १२÷१५ जना केही कर्मचारी,राजनितिकदल र केही पत्रकारहरु मात्र देखिन्थे । त्यहाँ उनीहरुले एक आपसमा कहिल्यै पनि समयमै कार्यक्रम नहुने भो भन्दै कानेखुसी गर्दै थिए केही सहभागी त निद्रामै घुरिरहेका थिए । सुन्दा पनि अचम्म लाग्ने ? तर यो सत्य हो ।

एक सहभागीले भन्दै थिए,निति तथा कार्यक्रममा पनि यस्तो न्युन उपस्थिती ? रित्तो कोठामा पनि के सुझाव संकलन होला? साच्चै पहिलो पटक होला निति कार्यक्रममा यस्तो न्युन उपस्थिती ।

त्यसको केही समयपछि नवनिर्वाचित मेयर टिकाराम खड्का र उपमेयर स्यानी सहित केही अन्य व्यक्ती पनि आए । १२ बजेर १३ मिनेट हुनै लाग्दा योजना शाखाकी कुन्ता भण्डारीले कार्यक्रम सुरु गरिन ।

नवनिर्वाचित मेयर टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम सुरु भयो । कार्यक्रममा सरोकारवालाहरुले नागरिकहरुको आवश्यकतामा आधारित रहेर योजनाहरुको छनौट र सुशासनलाई ध्यान दिएर नीति कार्यक्रम बनाउन सुझाब दिए ।

मेयरका प्रतिष्पर्धी जसपाका टोपबहादुर महतराले तुलसीपुरमा पार्किङ समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । उनले तुलसीपुर बजारको फोहोर स्थानीय कुलोमार्फत दक्षिण तर्फका खेतबारीमा पुगेर खेप्नुपरेको सास्ती समाधान गर्न सुझाए ।

तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तिमगरले निवर्तमान मेयर घनश्याम पाण्डेको कार्यकालमा ल्याइएको औधोगीकग्रामको योजनालाई कार्यान्वयन गर्न आग्रह गरे ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुरका हरेक विकासका कामहरुको संयोजक बनाएर हेरफेर गरेर मात्र रकम भुक्तानी गर्न सकेमा मात्र विकासका कामले गति लिने बताए । उनले टरिगांउ बिमानस्थलको विकासका लागि उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिए ।

रोटरी क्लवका अध्यक्ष शिव क्षेष्ठले पनि अस्तव्यस्त पार्किङले तुलसीपुर बजार नै कुरुप बन्दै गएको भन्दै नवनिर्वाचित जनप्रनितिधिहरुले सबैभन्दा पहिले पार्किङ व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाए ।

नेपाली कांग्रेसका नेता सुरेन्द्र खड्काले अहिलेसम्म बनेका निति तथा कार्यक्रमको मुल्याङ्कन गरेर मात्र योजना छनोट गर्न सुझाव दिए । उनले विकट क्षेत्रलाई छुने गरि निति तथा कार्यक्रम बनाई बजेट बिनियोजन गर्न आग्रह पनि गरे ।

कार्यक्रममा लायन्स क्लव अफ दाङका सचिव भोजराज न्यौपानेले बजेटलाई कनिका छरेझै नबनाइ वर्षमा एउटामात्र योजना सम्पन्न हुनेगरि बजेट बिनियोजन गरि काम गर्न सुझाव दिए ।

तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष एमकान्त भण्डारीले बबईको पानी लिफ्टिङ गरि तुलसीपुर बासीको घर घरमा पु¥याउने योजनाका साथ काम अगाडि बढेको बताए ।


सुझाव संकलन कार्यक्रममा उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डीराज लामिछाने,निवर्तमान मेयर घनश्याम पाण्डे,नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत खड्काले कृर्षि,शिक्षा,स्वास्थ्य,खानेपानीलाई मुख्य प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे ।

उनीहरुले फोहोरको उचित व्यवस्थापन,स्थानीय उत्पादनलाई उद्यमको रुपमा विकास गर्ने कार्यक्रम ल्याउन, पर्यटकिय क्षेत्रहरुको पहिचान गरि त्यहाँको प्रचार सँगै पूर्वाधार विकासमा सहज बनाउन, नगरलाई सफा,सुन्दरनगरको रुपमा विकास गर्न नागरिक तथा निजि क्षेत्रसँग पनि सहकार्य गर्न,गरिव तथा विपन्न वर्गका महिलाहरुका लागि सिपमुलक तथा रोजगारका कार्यक्रम ल्याउन सुझाव दिए ।

त्यस अवसरमा उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले ५ वर्षमा तुलसीपुरलाई आहा बनाउन गुणात्मक र निशुल्क शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरिन ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रसासकिय अधिकृत मोहन पौडेलले स्वागत सहित विषय प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *