२०८१ चैत्र १४ गते बिहिवार

दंगीशरण ६ का वडाध्यक्ष रोशण जंग शाहले सरकारी साधन प्रयोग नगर्ने

तुलसीपुर, जेठ २० । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ का नब निर्वाचित वडाध्यक्ष रोशणजंग शाहले सरकारी सवारी साधन प्रयोग नगर्ने भएका छन् ।

आफ्नो निजी स्कुटर रहेको भन्दै उनले सरकारले दिने मोटरसाइकल प्रयोग नगर्ने घोषणा गरेका हुन । कार्यपालिका बैठकबाटै उनले आँफुले सरकारले दिएको सवारी साधान प्रयोग नगर्ने निर्णय पारित गराएको बताए ।

त्यस्तै वडा कार्यालयमा आउने सेवाग्राहीका लागि साहेता कक्षपनि स्थापना गर्ने निर्णय शाहले गरेका छन् । वडामा आउने सेवाग्राहीको सहजताको लागि त्यस्तो साहेता कक्ष स्थापना गरिएको शाहले जानकारी दिए ।

साहेता कक्षमा एक जना कर्मचारीको बेबस्था गरिने भएको छ । ‘वडा कार्यालयमा सेवालिन आउने सेवा ग्राहीको सहजताको लागि वडाध्यक्षको तलबबाट ब्यबस्थापन गर्ने गरि मैले एक जना कर्मचारी खटाउने निर्णय गरेको छु,’ उनले भने ‘ ती कर्मचारीले निशुल्क रुपमा सेवाग्राहीका कागजात मिलाउने, फोटोकपी गरिदिने लगाएतका काम आँफै गरिदिने छन् ।’

जिल्लाका एक सय वडाहरु मध्य सेवाग्राहीका लागि साहेता कक्षा स्थापना गर्ने पहिलो वडा दंगीशरण ६ नै बनेको छ ।

त्यस्तै बैशाख ३० गतेको निर्वाचन पछि जिल्लामा सरकारी सवारी साधन प्रयोग नगर्ने भनेर घोषणा गर्ने पहिलो वडाध्यक्ष पनि शाह नै हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *