तुलसीपुर,जेष्ठ १९ । गाँउपालिकाको कार्यालय रहेको केन्द्र मै फोन सम्पर्क नहुने समस्या समाधानका लागि शान्तिनगर गाउँपालिकाले काम सुरु गरेको छ ।
शान्तिनगर गाउँपालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेतले आँफू निर्वाचित भए लगतै कार्यालय परिशरमै नेपाल टेलिकमको टावर स्थापना गर्नको लागि काम सुरु गरेका हुन ।
यसअघि समम गाँउपालिका कार्यालय भएको स्थानमा नेपाल टेकिलमको फोन सम्पर्क राम्रो संग हुँदैन थियो ।
जसबाट जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही समेत समस्या झेल्दै आएका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
