२०८१ जेष्ठ ३० गते बुधवार

नगरबाट निर्णय गरेर मात्रै सालिक स्थापना गर्ने सहमति

दाङ, जेठ १९ । बाँकेमा शुक्रबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरुको बीचको सर्वदलिय बैठकले नगरको सहमतिबाट मात्रै शालिक स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले सामाजिक सदभाव नबिग्रिने गरि नेपालगञ्ज उपमहानगरबाट समेत निर्णय गरेर मात्रै पूर्व राजाको शालिक स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा बसेर निर्णय गर्ने र कसैले पनि आँफु खुसी यस्ता कामहरु नगर्ने कुरामा दलहरुका बीचमा सहमति कायम भएको छ ।

दरबार हत्या काण्ड भएको २१ बर्ष पछि जेठ १९ गतेको अबशरमा राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार बिहान साढे ८ बजेतिर नेपालगञ्जको वीरेन्द्र चोकमा एकाएक राजा वीरेन्द्रको सालिक स्थापना गरेका थिए । तर, लगतै उक्त सालिक प्रहरीले बल प्रयोग गरि हटाएको थियो ।

त्यसपछि आक्रोसित राप्रपाका कार्यकर्ताले नजिकैको सहिद सेतु बिकको सालिकमा समेत तोडफोडेको प्रयास गरेका थिए । सहिद सेतु बिकको शीरको केही भाग ढुँगा प्रहार बाट फुटेको छ । तोडफोड र पर्दशनमा उत्रिएका राप्रपका नेता कार्यकर्तालाई रोक्न खोज्दा उनी प्रहरी बिरुद्ध ढुँगा प्रहारमा उत्रिएका थिए ।

त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस हान्नुका साथै चार राउन्ड जति हवाइ फायर गर्नु परेको जानकारी दिएको छ । राप्रपाका कार्यकर्ताको ढँुगा प्रहारबाट नौ जना प्रहरी सामान्ने घाइते भएको र उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।


त्यस्तै उग्रता पर्दशन गर्ने र सालिक तोडफोडमा संलग्न मध्य चार जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *