२०८३ भाद्र ११ गते बिहिवार

दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

तुलसीपुर,जेठ १९ । दाङमा खुकुरी प्रहार हुदा एक जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा लमही नगरपालिका २ बनकट्टा बस्ने ३५ वर्षीय मनसीराम चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रासाद रिजालका अनुसार गए राती १ बजे सोहि ठाउँ बस्ने ५४ वर्षीय देव नारायण चौधरीले आवेशमा आएर मनसीरामको घाटी र अनुहारमा खुकुरी प्रहार गरेका थिए ।

घाइतेको सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ ।

उक्त घटनाका आरोपीत देवनारायण फरार रहेको र खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *