काठमाण्डौ,जेठ १७ । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजदेखि अन्तिम सुनुवाइ शुरु हुँदैछ ।
सर्वोच्च अदालतमा आज (मंगलवार) देखि आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।
गएको वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो । त्यही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलवारलाई तोकिएको थियो ।
सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि विवाद चुलिएको थियो ।
एआईजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावली विपरीत आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार