२०८१ मङ्सिर २७ गते बिहिवार

लमहीमा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

शिवु खनाल,देउखुरी,जेठ १६ । लमही नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पालिकाका ५ महिला र ३ अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध हुने कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका महिला सदस्यहरुबाट वडा नं १ की किरण चौधरी, २ की सुनिताकुमारी चौधरी, ५ की चन्द्रा चौधरी, ८ की देवा परियार र ९ की पार्वती विश्वकर्मा रहेका छन ।

यसैगरी दलित अल्पसंख्यक समुदायबाट लमही नगरपालिका वडा नं. ३ का लालबहादुर नेपाली, ४ की तुलसी विक र ६ का भविराज सुनुवार निर्विरोध निर्वाचित भएका हुन ।

निर्वीरोध भएका कार्यपालीका सदस्यहरुको प्रमाण–पत्र प्रदान तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत मानबहादुर विष्ट, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उप–प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले संयुक्तरूपमा प्रमाण–पत्रमा प्रदान गरेका हुन ।

नवनिर्वाचित कार्यपालिका सदस्यलाई नगर प्रमुख जोगराज चौधरीले सपथ ग्रहण गराएका छन ।

निर्वाचन अधिकृतको मानबहादुर विष्टको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि एवम् लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण लमही नगरपालिका प्रशासन प्रमुख महेश थापाले गरेका थिए ।

आठजना नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेपछि लमही नगरपालिकामा कार्यपालिका सदस्यले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *