२०८१ जेष्ठ ३० गते बुधवार

७ वर्षीया बालिका बलात्कार गरेको अरोपमा पुरुष पक्राउ

अर्घाखाँची,जेठ १६ । अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको मालारानी गाउँपालिका–७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो ७ बर्षीया बालिकालाई बलात्कार गररेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए ।

त्यस्तै पाल्पामा पनि २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । जिल्लाको पूर्व खोला गाउँपालिका–३ रिङनेरा बस्ने ३१ वर्षीय श्याम दर्जी बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *