तुलसीपुर, जेठ १६ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले कर्मचारीलाई छिटो छरितो र मुस्कानसहितको सेवा दिन निर्देशन दिएका छन् ।
कार्यालयमा आउनेसेवाग्राहीलाई प्रभावकारी छिटो छरितो रुपमा सेवा दिन मेयर खड्काले सोमबार निर्देशन दिएका हुन ।
कर्मचारी सँगको परिचयात्मक कार्यक्रममा मेयर खड्काले सेवाग्राहीलाई मुस्कान सहित छिटोछरितो सेवा दिनका लागि कुनै कसुर बाँकी नराख्न आग्रह गरेका हुन ।
‘कार्यालयमा सेवा लिन आएका कुनैपनि सेवाग्राहीलाई असन्तुष्ट बनाएर नफर्काउनु होला,’ खड्काले भने ‘कार्यालयमा ढिलो आउने र चाँडै जाने खराब प्रवृत्ति तत्काल त्याग्नु होला ।’
त्यस्तै उपमेयर स्यानी चौधरीले पनि इमान्दार भएर जनताको सेवा गर्न कर्मचारीलाई आग्रह गरिन ।
‘आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे कसैको चाकडी गर्न आवश्यक पर्दैन,’ उनले भनिन् ‘इमानदारीले मात्रै तुलसीपुरको समृद्धि सम्भव हुने छ ।’