तुलसीपुर, जेठ १५ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउने बताएका छन् ।
यद्यपी यो प्रक्रिया तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बिगत केही बर्ष पहिलेदेखि नै सुरु गरि सकेको बताउँदै आएको थियो ।
तुलसीपुर खानेपानीले गरेको सम्मान कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै मेयर खड्काले बबईमा हाइड्याम बनाएर लिफ्टको माध्यमबाट बबईको पानी तुलसीपुरमा ल्याइ उपभोक्ताको घर घरमा पु¥याउने बताएका हुन ।
त्यो कामका लागि सहलगानी मार्फत टेन्डर प्रक्रियामा गइसकेको मेयर खड्काले जानकारी दिए ।
तुलसीपुरमा खाने पानीको समस्या समाधान गर्न लगानी कर्ता भित्याउन चाहेको उनले बताए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार