तुलसीपुर, जेठ १५ । नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले नेपाली काँग्रेस नेतृत्वको सरकारले हालसालै सम्पन्न गरेको स्थानीय तहको निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई थप मतबुज बनाउन भूमिका खेलेको बताएका छन् ।
१५औं गणतन्त्र दिवसको अवशरमा फरककोण संगको फोन सम्बादतमा जिल्ला सभापति डाँगीले काँग्रेसकै नेतृत्वमा बिगतमा गणतन्त्र स्थापनाका लागि आन्दोलन भएको, काँग्रेसकै नेतृत्वमा संविधान निर्माण र त्यसलाई मतबुज बनाउने निर्वाचन काँग्रेसको नेतृत्वमा संभब भएको बताए ।
‘ अन्यले भाषण मात्रै गर्छन र काँग्रेसले गणतन्त्रलाई कसरी मतबुज बनाउने भनेर जग बसाल्ने काम गर्दै आएको छ,’ सभापति डाँगीले भने ।
त्यस्तै उनले सबैको सम्मान र सहअसित्वबाट मात्रै समाज र देशलाई एकताको सुत्रमा बाँँध्न संभव हुने भन्दै सबैमा भाइचारको सम्बन्ध स्थापित गर्ने गरि नेपाली काँग्रेसले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन खोजेको बताए ।