दाङ, जेठ १५ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसंग समन्वय गरी तालिम दिने भएको छ ।
स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई जेठ २५ गतेदेखि तालिम सुरु हुने भएको छ ।
प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिमको ब्यबस्था गरिएको छ ।
त्यस्तै मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनीमा जेठ ३० र ३१ गते तालिम दिइने भएको छ ।
राजनीतिक दलहरूले पनि आ–आफ्नो पार्टीबाट निर्वाचितहरुका लागि त्यस्तै खाले तालिम दिने बताउँदै आएका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार